नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरु ढाकाको बंगबन्ध नेशनल स्टेडियममा जान पाउने भएका छन्।
बंगलादेश फुटबल फेडेरेशन बीएफएफले २ मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो।
नेपाल र बंगलादेशबीच ढाकाको बंगबन्ध नेशनल स्टेडियममा कार्तिक २८ (भोली, शुक्रबार) र मंसिर २ गते ढाकामा २ मैत्रीपूर्ण खेल हुँदैछ।
बीएफएफले दुबै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो।
विश्वभर फैलिरहेको कोरोना महामारिकाको कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाईएको छ।
तर, बीएफएफले फिफा र एसियाली फुटलब महासंघ (एएफसी) को नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ।
यद्यपि, मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने बताइएको छैन। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






