नेराशिसंले शिक्षकहरुलाई सम्मान गर्दै


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित




जुना थापा, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको २० औ राष्ट्रिय परिषद तथा संगठनको ४३ अौं वार्षिकोत्सव (शिक्षक दिवस) को अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

वार्षिकोत्सवको अवसरमा संगठनले उत्कृष्ट शिक्षक सम्मान, अनलाइा सिकाइ केन्द्रमा सिकाइ सहजीकरण गर्ने शिक्षकहरुलाई सम्मान, अक्षयकोषदाता सम्मान तथा विविध कार्यक्रम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले बताए ।

कार्यक्रम नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले संगठन विभाग प्रमुख माननीय खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने संगठनका सचिव तिर्थराज ढकालले जानकारी दिए । कार्यक्रम यही चैत्र २६ गते शनिबार साइमन पार्टी प्यालेसमा पूर्वाह्न १०ः३० हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।