अटेरी अभियानले शनिबार पोखरा लक्ष्य कार्ययोजना सार्वजनिक गर्ने


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित




पोखरा । शनिबार अटेरी अभियानले पोखरा लक्ष्य कार्ययोजना सार्वजनिक गर्ने भएको छ । स्थानीय तह दलरहित बनाउनुपर्ने मागसहित सुरु भएको अभियानले शनिबार पोखरा लक्ष्य कार्ययोजना २०७९ घोषणा गर्ने भएको हो ।

पोखराको सिर्जनाचोकस्थित रवि महलमा कार्यक्रमको आयोजना गरिएको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

निर्वाचनका लागि विभिन्न वडाबाट उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले कार्यक्रममा सहभागी भएर उम्मेदवारीबारे प्रष्ट्याउने उनले बताए ।
‘कार्यक्रम मार्फत सहभागीहरुलाई अभियानबारे प्रष्ट पारिने छ । विभिन्न वडाबाठ उम्मेदवारी घोषणा गरि सकेका अभियन्ताहरुले आफ्नो उम्मेदवारी र अभियानबारे बारे कार्यक्रममा सहभागी अभियानका शुभेच्छुकहरुलाई बुझाउने छन्,’ संयोजक कार्कीले भने । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा अहिले २ सय बढीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सार्वजनिक गरि सकेका छन् । ‘के हो अटेरी ? अटेरी अभियानलाई नै किन मत दिने ? यी विषयमा उम्मेदवारहरुले प्रष्ट्याउनु हुनेछ,’ संयोजक कार्कीले भने ।

अभियानप्रति बढेको चासोप्रति पनि कार्यक्रममा समेटिने उनले सुनाए । अटेरी अभियानको पोखराका गनेस पौडेलले महानगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेर सुरु गरेका थिए । अहिलेसम्म पोखराका १० वडामा वडाध्यक्ष र वडासदस्यमा समेत उम्मेदवारी घोषणा भई सकेको छ ।

साथै, कार्यक्रममा सहभागी भएर अभियानबारे बिस्तृत जानकारी लिन समेत उनले शुभेच्छुक पोखराबासि मतदाता, सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।