फिस्टेल एकेडेमीमा ‘ओपन डे’


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित




पोखरा । अभिभावकले विद्यार्थीको उत्कृष्ठ भविष्य निर्माणका लागि विद्यालय र विद्यार्थीको मनोविज्ञान बुझेर आफ्नो व्यवहार अपाउनपर्ने अभिनेता राजेश हमालले बताएका छन् ।

पोखराको फिस्टेल एकेडेमीद्वारा शनिबार आयोजित एक दिने “ ओपन डे “ कार्यक्रमको उद्घाटन गर्दै हमालले यस्तो बताएका हुन् । उनले अभिभावकले वातावरण मात्रै बनाउदैमा यथेष्ट नहुने भन्दै असल सिकाइको वातावरण बनाउन सहि विद्यालय छनोटमा ध्यान दिन आग्रह गरे । योजनायुक्त विद्यालय ,सचेत अभिभावक र लगनशील विद्यार्थी नै विद्यार्थीकोसबल भविष्यको पर्याय भएको उनको भनाइ थियो ।

नेपाली चलचित्रमा बौद्धिक नायकको समेत छवि बनाएका हमालले विद्यालय ,अभिभाबक र बिद्यार्थीहरुको कर्तव्य र दायित्वका बारेमा प्रकाश पार्दै स्थानिय अभिभावक र विद्यार्थीहरुसङ्ग अन्तरक्रिया समेत गरेका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व विद्याार्थी डा. हरि शर्माले आजको फिस्टेलको शैक्षिक उचाइसङ्गै अब भौतिक पुर्बाधारले समेत अन्तरास्ट्रिय गुणस्तरमा उत्कृष्ट रहेकोले अभिभावकलाई निर्धक्कका साथ आफ्ना बाबू नानिहरुको अब्बल भविष्यका लागि आश्वस्त हुने ठाउँ रहेको जिकिर गरे ।

विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले गण्डकी प्रदेशमा अन्तराष्ट्रिय मापदण्ड र भौतिक पुर्वाधार सहितको विद्यालय स्थापना र संचालन गर्ने आफ्नो इच्छा पूरा भएको भन्दै निरन्तको गुणस्तर र सहकार्यका लागि सदैब लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

रानाभाटले बिगत र बर्तमानमा सहयोग र सहकार्यमा जुट्ने अभिभावक र सम्बद्ध सबैमा आभार ब्यक्त गर्दै आम पोख्रेलीको सपना पूरा गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे ।

सो अबसरमा विद्यार्थीहरुले तयार पारेका हस्तकला , शैक्षिक सामाग्री प्रर्दशन गरिनुका साथै विभिन्न खानाका फुड स्टलहरु लगायतका स्टलहरु राखिएको थियो । विद्यालयमा पूर्व विद्यार्थी तथा गायन क्षेत्रमा ख्यातिप्राप्त मुस्कान रानाभाट , सौगात गुरुङ ,कपिल पुन , एलेक्स नेपाली लगायतले गीत, नृत्य लगायतका साङ्गितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।