पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको माया पाएको छ।
थिएटर मल र पोखरा थिएटरको सहकार्यमा चैत्र २४ गतेबाट मञ्चन भइरहेको नाटकले वर्षाका बाबजुद पनि दर्शक पाइरहेको छ।
सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२) मा आधारित नाटक भएकोले यो नाटक हेर्न पुग्नेमा युवा अवस्थाका विद्यार्थी बढी छन्। नाटकलाई आर्कषक बनाउन निर्माण युनिटले राम्रो मेहनत गरेको छ। फलस्वरुप नाटक हेर्न पुगेका दर्शक सन्तुष्ट मात्र छैनन् अरुलाई पनि नाटक हेर्न सुझाइरहेका छन्। शनिबार नाटक २ शो मञ्चन गरियो। दुवै शो मा दर्शकको राम्रो उपस्थिति थियो। नाटक चैत्र २७ गते आइतबारसम्म मञ्चन हुनेछ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकको निर्देशन अञ्जान प्रदीपले गरेका छन्। काठमाण्डौ तथा पोखराका कलाकारको अभिनय नाटकमा हेर्न पाइन्छ। नाटककी पात्र सकमबरीको भुमिकामा समृद्धि नेपाल, सुयोगविरको भुमिकामा संजय विश्वकर्मा, शिवराजको भुमिकामा हाङ ओ हाङ राई, मुजुराको रुपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रुपमा अञ्जु रिजाल, भैसी गोठाल्नीको रुपमा मनिषा केसी, आदिवासी युवतीको रुपमा एलिसा भोग, मटिनचीको भुमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भुमिकामा अञ्जु दाहालको अभिनय हेर्न पाइन्छ। नाट्य आलेख चौथो आयामले तयार पारेका हुन्।
थिएटर मलका संस्थापक तथा कला निर्देशक रहेका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रंगप्रेमीको मायाका कारण उत्साह थपिएको बताए। प्रतिकुल मौसमका कारण समेत दर्शकको साथ मिलेकोमा खुशी लागेको उनको भनाई छ। नाटकले दर्शकको ध्यान खिच्दै मन जित्न सफल भएकोमा निर्देशक अञ्जान प्रदीप पनि सन्तुष्ट छन्।
पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको सुनाए। अब देशका विभिन्न नाट्य समुह वा नाटकघरसँगको सहकार्यमा वार्षिक रुपमा निरन्तर नाटक पस्कने साेंच बनेको परिवर्तनको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







