गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन, अध्यक्षमा भण्डारी


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित




पोखरा, चैत २७

गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन भएको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिकामा स्थायी बसोबास भई पोखरालाई कर्मथलो बनाएका गल्याङ्गबासीहरुको हालै भएको भेलाले बुद्धिप्रसाद भण्डारीको अध्यक्षतामा गल्याङ्ग–पोखरा सम्बन्ध समाज गठन गरेको हो ।

तेह्र सदस्यीय समाजको उपाध्यक्षमा विष्णुप्रसाद बस्याल, चिवमा ईश्वरप्रसाद भट्टराई, कोषाध्यक्षमा कमला खनाल र सहसचिवमा फुलमाया भट्टराईलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा ईश्वर न्यौपाने, हुमराज भण्डारी, कमल अर्याल, सोमनाथ न्यौपाने, गुणप्रसाद पाण्डे, दलबहादुर थापा र हरिप्रसाद खनाल रहेका छन् ।

समाज गठन भएपछि बसेको पहिलो बैठकले समाजको सल्लाहकारमा देवीप्रसाद बस्याल, नारायण भट्टराई, बाबुराम पाठक, भरतमणी पाठक, विश्वास भण्डारी, दुर्गा गाहा र डोलराज पाण्डेलाई चयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।