जंगली च्याउ खाँदा तनहुँमा एक जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

जंगली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु भएको छ।

च्याउ खाएर बिरामी भएकी म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनीमाया थापाको मृत्यु भएको भएको प्रहरीले जनाएको छ।

यही चैत १८ गते जंगली च्याउ खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो।

स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएकोमा उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।