तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार चैत्र २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ।
वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामुहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवार मनाउदै आएको छ।
तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो।
उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरासभा गृहमा भेला भई विभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोह गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







