गठबन्धनले कर्नरमा पार्न खोजे हामी विकल्प खोज्छौं – डा. बाबुराम भट्टराई


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित




पोखरा । स्थानीय निर्बाचनमा उमेदवार छनौटको निश्चित मोडालिटी बन्न नसक्दा गठ्बन्धन दलका फरक फरक धारणा सार्बजनिक हुन थालेका छन् ।
पार्टीको तमुवान रास्टृय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा भाग लिन पोखरा आउनु भएका जसपा नेपालका अध्यक्ष पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले भन्नु भयो, “स्थानीय निर्बाचनमा गठ्बन्धन दलहरुका बीच सम्मानजनक सिट बाडफाड भएन भने मिल्न सक्ने अग्रगामी शक्तिहरुसग एकता गरेर अगाडि बढ्नेछौ ।”
हामी सकेसम्म यो गठबन्धनलाई बचाएर अघि बड्छौं तर हामिलाइ सानो दल भनेर अपमान गर्ने , कर्नरमा पार्न खोज्ने हो भने गठबन्धनसंग सति जाने सक्दैनौं । र पुर्ब राजाबादी बाहेकका सबै दलसंग चुनाबी तालमेल हुन सक्छ ।
गोरखाको पालुङटार नगरपालिकामा गठ्बन्धनका प्रमुख दलले जसपालाइ मेयर दिन अस्विकार गरेको चर्चाका बीच उहांको यस्तो भनाइ बाहिर आएको हो ।

पार्टीको पोखरा महानगर समितिका अध्यक्ष राजु छेत्री र जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङले स्थानीय निर्बाचनमा पार्टीको साङठनिक अवस्था बारे र गठबन्धन दलबीच भएका छलफल बारे आफ्ना बिचार राखेका थिए । पोखराको सहिद पार्कमा रहेको घनश्याम ढकाल स्मृति कक्षमा आयोजित सो अभिमुखिकरण कार्यक्रममा तमुवान राषट्रिय समितीका अध्यक्ष मन प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।