तनहुँ घिरिङको एमालेबाट अध्यक्षमा राना र थापा, उपाध्यक्षमा ३ उमेदवार सिफारिस


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




नेकपा एमालेबाट तनहुँको घिरिङ गाउँपालिका अध्यक्षमा उमेदवार बन्नको लागि २ जना सिफारिस गरेको छ।

घिरिङ गाउपालिका हालका अध्यक्ष रनबहादुर राना र नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापा गाउँपालिका अध्यक्ष पदको लागि उमेदवारीमा सिफारिस भएका हुन।

गाउकमिटी सदस्यहरुको मतदानबाट २ जना अगाडि आएका हुन।

यसैगरि, उपाध्यक्ष पदको लागि शुकुमाया श्रेष्ठ, दुर्गामाया थापा र राधादेवी अधिकारी सिफारिस भएका छन।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले घिरिङबाट अध्यक्षमा ६ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।