कृषि सामग्री वितरण


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । व्यावसायिक कृषकलाई नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामग्री हस्तान्तरण गरेका छन् ।

सामग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकलाई आग्रह गरे । वसायिकरूपमा खेती किसानी गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाइ छ ।

वातावरण व्यवस्थापनसम्बन्धी अभिमुखीकरण उक्त नगरपालिकामा वातावरण व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा प्रदूषण मापन कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको आयोजना र स्टार ट्रेड एण्ड इञ्जीनियरिङ प्रालि नयाँबानेश्वरको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।