फाइल तस्विर
काठमाण्डौं । सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई रु जनही दुई लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले रु एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही रु एक लाख प्राप्त गर्नेछन् ।
यही चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा भएको नेपाल, पपुवान्युगिनी र मलेसियाबीचको प्रतियोगितामा नेपाली राष्ट्रिय टोली विजयी भएको थियो । विजेता खेलाडीलाई पुरस्कृत गर्ने प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







