पोखरा ३ बाट अटेरी उमेद्वारी घोषणा गरेको अभियन्ता महेश उदासले ३ गते कार्ययोजना सार्वजनिक गर्दैछन्।
यसअघि पोखरा महानगर प्रमुखको पदमा उमेद्वारी घोषणा गरेका गनेस पौडेलले ‘पोखरा लक्ष्य २०७९’ नाम दिएर कार्ययोजना सार्वजनिक गरि सकेका छन्।
पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उमेद्वारी घोषणा गरेका उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिएका छन्।
पोखरा १४ बाट अटेरी उमेद्वारी घोषणा गरेका अभियन्ताहरुले कार्ययोजना सार्वजनिक गर्ने भने पनि पोखरा ३ बाट उम्मेद्वारी घोषणा गरेका उमेद्वार उदासको कार्ययोजना सार्वजनिक गर्ने उनले सुनाए।
वडाभित्रै कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम राखिएपनि स्थान र समय भने छिट्टै तोकिने संयोजक काकीले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







