निर्वाचन आचारसंहिता ख्याल गर्न सञ्चारमाध्यमलाई काउन्सिलको आग्रह


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले हिँजो बुधबार विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उमेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरेका छन्।

यस्तै, काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उमेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ।

काउन्सिलले सञ्चारमाध्यम, पत्रकार एवं सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा जानकारी गराउन हुनसमेत अनुरोध गरेको छ।

काउन्सिलले विगतको निर्वाचन जस्तै आगामी स्थानीय तहको निर्वाचनको पनि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।