फाइल तस्बीर: तारानाथ आचार्य/रासस
आज विक्रम सम्वत २०७९ को पहिलो दिन। आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ हुँदैछ।
आजबाट नयाँ वर्ष २०७९ साल शुरु भएको छ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्तिबाट विक्रम संवतको नयाँ वर्ष प्रारम्भ भएको मानिन्छ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल लगायत विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँदैछन्। नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक–अर्कामा व्यक्तै गर्दै, मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। आज दिनभर औपचारिक र अनौपचारिक रूपमा सबैतिर शुभकामना आदान–प्रदानको कार्यक्रम चलिरहन्छ । सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभर नै भइरहन्छ।
नयाँ वर्षको दिनबाट सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ। आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ। एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डट कम परिवार सबै श्रोता, पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







