नया वर्षको अवसरमा पोखरामा विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




बैशाख १, पोखरा

नेपाली नया वर्ष २०७९ को स्वागतार्थ विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली निकालेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ५० भन्दा बढी व्यक्ति मोटर साइकलसहितको सहभागितामा ¥याली निकालिएको थियो ।

परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताए ।” उनले हाम्रो नव वर्षलाई गौरवका साथ मनाउनुपर्नेमा जोड दिए ।

शुभकामना मन्तव्य राख्दै “हाम्रो नव वर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्वत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमाप्रवेश गरेर नयाँवर्ष प्रारम्भ हुने”हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताए ।

कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लनचोक, जिरो कि.मि., विन्ध्यबासिनी, सिम्पानी, बगर , महेन्द्रपुल, न्यूरोड , सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा पुगेर सम्पन्न भएको थियो ।

परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।