बालधार पुनर्निर्माणको उद्धघाटन तथा जेष्ठ नागरिकलाई सम्मान


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




कास्की । नयाँ वर्षको अवसर पारी भैरव टोल मोहरीया टोल -२, विकाश संस्थाले शुभकामना आदान प्रदान, १०३ पूरानो ऐतिहासिक बालधार पुनर्निर्माणको उद्धघाटन तथा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रमको को उद्धघाटन भैरब टोल निवासी सताब्दी पुरुष १०३ वर्षिय साहित्यकार तथा संस्कृति विद गोपाल वैद्य बाट पुन्निर्मित बाल धाराको उदघाटन गरिएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार श्री दिवस मान प्रधानांग ले विकाश निर्माण को बारेमा र टोल विकास को लागि एकता हुन आग्रह गरे । यसैगरी उद्योग वाणिज्य महासंघ का पूर्व अध्यक्ष आनन्द राज मुल्मी, वडा नं २ अध्यक्ष रामेश्वर मल्ल तथा सल्लाहाकार सुरेन्द्र मान बिजुक्छे ले शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष शक्ति प्रधानांगले स्वागत गरेको कार्यक्रममा बाल धारा पुनर्निर्माणका संयोजक विकल बदगामी,अध्यक्ष अस्टमान प्रधानांग लगाएतले बोलेका थिए ।

कार्यक्रममा भैरब टोल का २३ जना ८०वर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । संस्थाका अध्यक्ष सविन उदासको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव श्रीजन भान्साकार्यले गरेको हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।