सांकेतिक तस्बीर
कास्की प्रहरीले बिहीबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतको मोतिहारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्दै आएका १९ वर्षीय रोशनकुमार गुप्ता पक्राउ परेका हुन्।
प्रहरीले गुप्ताको साथबाट डाईजापाम–५७ एम्पुल, फेनेरागन–५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा १७१ एम्पुल लागूऔषधसहित एक थान मोवाइल समेत बरामद गरेको छ। पक्राउ परेका उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







