पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नु पर्ने बताएकी छन् ।
पुर्वाञ्चल सेवा समाजको १७ औं साधारण सभा एवम् दशौ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने बताइन् ।
मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा बिभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहदै आएको बताउँदै उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् ।
पूर्वाञ्चलमा जन्म भई विभिन्न पेशा र व्यवसायमार्पmत पोखरालाई कर्मभूमि बनाउँदै आएकाहरुको संस्थामा राजनैतिक गर्न नहुनेमा उनको जोड थियो ।
कार्यक्रममा नव बर्ष २०७९ को शुभकामना आदान प्रदान सहित भित्तेपात्रोको समेत लोकार्पण गरिएको थियो ।
संस्थाका अध्यक्ष गोपालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार एवम् पे्रस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, क्यूपेक नेपालका अध्यक्ष तिर्थराज मगर,पूर्व अध्यक्ष डिवि राई, प्रथम उपाध्यक्ष बालकुमार लुइटेल लगायतले संस्थाको महत्व र यसले खेल्दै आएको भूमिका माथि चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







