हिमाली साँस्कृतिक परिवारको नयाँवर्ष शुभकामना आदान प्रदान


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०७९ मा प्रकाशित




पोखरा ।नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारहरुका बिच शुभकामना आदान प्रदानसहित बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना कार्यक्रमसहित संस्थाको उद्धेश्य परिपुर्ति गर्न थप पहलका लागि हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समुह गठन गरिएको छ। समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ, नितु गुरुङ(बी),दिपिका गुरुङ,कविता गुरुङ र रञ्जु बालकोटी रहेका छन् ।

यसरी नै कार्यक्रममा आयोजित म्युजिकल चेयर महिलातर्फ कोमल तामाङ विजेता, प्रकृति गुरुङ दोश्रो र प्राप्ती तुलाचन तेश्रो हुदै पुरस्कृत भए भने पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम, दिपक थापा द्धितिय र करिब घलान तृतिय हुदै पुरस्कृत भएका थिए ।

हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले शुभकामना व्यक्त गरेका थिए ।

यस्तै सांस्कृतिक एवम खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन सहसचिव माधव गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।