कांग्रेसबाट पोखरा १२ काे वडा अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाली कांग्रेस पोखरा १२ को बैठकले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइरला पुर्व वडा सभापति राधेश्याम कोइरला तथा पुर्व वडा सदस्य बल वहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् ।

सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भए पछि बास्तोलाले आफु विजयी भएमा पोखरा १२ लाई नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताए । बास्तोलाले वडा सदस्यको बारेमा दुई तिन दिन भित्रै बैठक बसी सर्वसम्मत निर्णय गरिने बताए ।

बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन । नेविसंघको राजनितिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।