पोखरा महानगरपालिका वडा नं २४ मा स्थानीय निर्वाचनमा उमेवारी घोषणा गर्ने व्यक्तिले आफ्ना योजना र प्रतिबद्धता सहितको प्रस्तुतिकरण दिनुपर्ने भएको छ।
शनिबार हाम्रो कास्कीकोट युवा संजालले वडा सभा हलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा उक्त विषयको जानकारी गराइएको हो।
स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको उक्त कार्यक्रममा आगामी स्थानीय निर्वाचनमार्फत असल, सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न संस्थाद्वारा यही वैशाख १८ गते प्रस्तुतिकरण कार्यक्रम आयोजना गर्न लागिएको बताइएको थियो।
उक्त प्रस्तुतिकरण कार्यक्रममा वडा अध्यक्ष पदका उमेदवार र महानगरका मेयर पदका उमेवारले आफ्नो प्रस्तुतिकरण राख्न सक्ने जनाईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







