कास्की । भोलि र पर्सि दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने अभियान अन्तर्गत स्वास्थ्य कार्यलय कास्कीले सम्पुर्ण तयारी पुरा गरेको छ ।
सोहि अभियान अन्तर्गत जिल्लाको प्रत्येक स्थानिय तह देखि स्वास्थ्य संस्थामा आवश्यक सामाग्री तथा जनशक्तिको परिचालन गर्ने गरि तयारी पुरा गरिएको स्वास्थ्य कार्यलय कास्कीले जानकारी दिएको हो ।
यसपटक कास्की जिल्लामा ६ महिना देखि ५ वर्ष भित्रका ३४ हजार ९ सय ७ जना बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष भित्रका ३१ हजार ८३ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यलय कास्कीका कार्यलय प्रमुख वद्री आचर्यले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रमका लागि जिल्लामा करिव १ हजार ५० जना स्वयमसेवक परिचालन हुदैछन् । कार्यलयले पायक पर्ने वडा तथा स्वास्थ्य संस्थामा बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन सम्पुर्ण अभिभावकलाई अनुरोध समेत गरेको छ ।
सरकारले कास्की लगाएत देशैभर यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सरकारले देशैभरीका २८ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







