तनहुँ शुक्ला गण्डकीमा धमाधम फिर्ता गर्दै सुविधाका सवारी साधनहरु


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




तनहुँ शुक्ला गण्डकीका जनप्रतिनिधिहरु सरकारी सुविधाका सरकारी गाडीहरु धमाधम फिर्ता गर्दैछन्।

तनहुँ शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सबिता रसाइलीले पनि आइतबार सबारी सुविधाको गाडी फिर्ता गरिन्।

उपमेयर रसाइलीले चढ्दै आएको ग १ झ ८४९७ नं को गाडी र चाबी प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई बुझाएकी हुन्।

आफू आसन्न स्थानीय चुनाव केन्द्रीत गतिविधिमा सकृय रहने भन्दै उपमेयर रसाइलीले सरकारी सुविधाको गाडी नचढ्ने घोषणा समेत गरिन्।

त्यस्तै, शुक्लागण्डकी नगरपालिका वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले चढ्दै आएको सरकारी सुविधाको स्कूटर फिर्ता गरेका छन्। त्यसैगरी, शुक्लागण्डकी वडा नं ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले चढ्दै आएको सरकारी सुविधाको मोटरसाइकल फिर्ता गरेका छन्। अघिल्लो दिन आइतबार मेयर ईमानसिंह गुरुङले पनि सुविधाको गाडी बुझाएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।