स्याङ्जाको वालिङ, आँधीखोला र हरिनास पालिकामा एमालेको प्रमुख र उपप्रमुखको टुंगो लाग्यो


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




एमाले स्याङ्जाले वालिङ, आँधीखोला र हरिनास पालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ।

यही ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेले सम्बन्धित पालिकाका कमिटीहरुको बैठकबाट उमेदवार छनोट प्रकृयालाई अगाडी बढाउँदै आएको छ।

नेकपा एमाले वालिङ नगर कमिटी ले नगरपालिकाको नगरप्रमुख (मेयर) को उमेदवारमा कृष्ण खाँण र उपमेयरको उमेदवारमा खगीसरा थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ। सर्वसम्मत रुपमा चयन हुनुभएका खाँण नेकपा एमाले स्याङ्जा जिल्ला उपाध्यक्ष हुन् भने थापा जिल्ला सचिवालय सदस्यमा छन्।

यसैगरी, नेकपा एमालेले आँधिखोला गाउँपालिकामा विश्व पौडेललाई गाउँपालिका प्रमुख र सीता थापालाई उपप्रमुखको उम्मेदवारमा सहमतिमै चयन गरेको छ। पौडेल नेकपा एमाले जिल्ला कमिटीको उपसचिव एवं पार्टीको प्रचारप्रसार विभागके प्रमुख हुन्। थापा जिल्ला समन्वय समितिको सदस्य हुन्।

त्यस्तै, हरिनास गाउँपालिकामा अध्यक्षको उमेदवारको रुपमा खिमनारायण मानन्धरलाई सर्वसम्मत चयन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।