पोखरा, बैशाख ६
नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर ८ मा उम्मेदवार टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–८ को वडाध्यक्षसहित सदस्यहरुको उम्मेदवार बनाउन सर्वसम्मत नामावली सिफारिस गरेको हो ।
माओवादी केन्द्रले पोखरा–८ को वडाध्यक्षमा दामोदर सिग्देललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । त्यस्तै, सदस्यहरुमा नवीन गिरी, उत्तम कुँवर र चुनुमाया सुबेदीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







