पर्वतको मोदी ६ तिलाहारका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले गाउँ पालिकावाट सुविधाको रुपमा प्रयोग गर्दै आइरहेको मोटरसाइकल फिर्ता गरेका छन्।
उनले प्रयोग गर्दै आएको ध १ प ५८३ पल्सर २२० सिसिको मोटरसाइकल गाउँ पालिकालाई फिर्ता गरेका हुन् ।
उनले मोदी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीलाई मंगलबार मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै सुबिधा फिर्ता गरे।
निर्वाचनको आचारसंहिता अनुसार चुनाव प्रचार प्रसारमा सरकारी सवारी प्रयोग गर्न नपाउने ब्यवस्था छ। सो ब्यबस्था बमोजिम सुबिधाको सवारी राज्यलाई फिर्ता गर्ने लामिछाने पर्वत जिल्ला कै पहिलो जनप्रतिनिधि हुन्। लामिछानेले राज्यको स्रोतको प्रयोग निर्वाचनमा हुन नहुने भन्दै आफूले निर्वाचन आयोगको निर्णय मानेको उल्लेख गरे।
एमाले पर्वतका जिल्ला उपसचिव लामिछाने आगामी निर्वाचनमा मोदी गाउँपालिकाका अध्यक्ष पदका आकांक्षी समेत हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







