माओवादी केन्द्रद्वारा अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार सिफारिस


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख ७

नेकपा माओवादी केन्द्रले कास्कीको अन्नपूर्ण गाउँपालिकाका सबै वडाको उम्मेदवार टुंगो लगाएर सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले एकल रुपमा चुनाव लड्नुपर्ने अवस्थाका लागि गाउँपालिकाका वडाध्यक्षसहित सबै सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।

माओवादी केन्द्रले वडा नम्बर १ का लागि वडाध्यक्षमा गोविन्दप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । त्यस्तै, सदस्यका लागि शिव दाहाल, कृष्ण अधिकारी, सुनिता पौडेल र कल्पना परियारको नाम सिफारिस गरेको छ ।

वडा नम्बर २ मा बेदप्रसाद शर्मालाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा भरत दाहाल, दुर्गा दाहाल, टेकप्रसाद अधिकारी, हरिमाया अधिकारी र बुद्धिमाया सुनारको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

वडा नम्बर ३ मा विष्णुप्रसाद पौडेललाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा ओमप्रसाद पौडेल, भोजबहादुर नेपाली, अनिता गिरी र लक्ष्मी नेपालीको नाम सिफारिस गरेको छ ।

त्यस्तै, वडा नम्बर ४ मा मानबहादुर केसीलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यतर्फ दीलबहादुर गुरुङ, विष्णु केसी, पार्वती पौडेल र मीठू विकको नाम सिफारिस गरेको छ ।

वडा नम्बर ५ मा कुल गिरीलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा मनबहादुर पर्तेल, तिलिचोप्रसाद पौडेल, देवकुमारी सार्की र ज्योति रसाइलीको नाम सिफारिस गरेको छ ।

वडा नम्बर ६ मा चुडामणी देवकोटालाई वडाध्यक्षमा सिफारिस गरेको छ भने सदस्यहरुमा रामृष्ण देवकोटा, लक्ष्मण देवकोटा, सरस्वती क्षेत्री र जिमाया विकको नाम सिफारिस गरेको छ ।

वडा नम्बर ७ मा धनबहादुर विकलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा पूर्णशोभा विक, तुलबहादुर नेपाली, विमला विक र विन्दु विकको नाम सिफारिस गरेको छ ।

यसैगरी, वडा नम्बर ८ को वडाध्यक्षका लागि शरणसिंह विकको नाम सिफारिस भएको छ भने सदस्यहरुमा जगत विक, अम्बरबहादुर नेपाली, खरिका परियार र उजेली परियारको नाम सिफारिस गरेको छ ।

वडा नम्बर ९ मा धर्मबहादुर मगरलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा गुलबहादुर पुन, कर्णबहादुर पुन, सविता विक र जिता विकको नाम सिफारिस गरेको छ ।

वडा नम्बर १० मा विद्या विकलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा शुकबहादुर नेपाली, भीमबहादुर नेपाली, लक्ष्मी गुरुङ र चिजकुमारी परियारको नाम सिफारिस गरेको छ ।

त्यस्तै, वडा नम्बर ११ मा आइबहादुर नेपालीलाई वडाध्यक्षका लागि सिफारिस गरेको छ भने सदस्यहरुमा आशबहादुर विक, मनबहादुर विक, भीमबहादुर विक र मंगली विकको नाम सिफारिस गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।