पोखरा । बर्दिया पोखरा सम्पर्क समाजले विक्रम सम्वत् २०७९ सालको भित्तेपात्रो विमोचन गरेको छ । बर्दिया जन्मभूमि भई विभिन्न कारणले पोखरा बस्दै आएकाहरुको सामूहिक संस्था उक्त समाजले नियमित कार्यक्रम स्वरुप तेस्रोपटक आफ्नो भित्तेपात्रो विमोचन गरेको हो ।
भित्तेपात्रो विमोचनपछि बोल्दै समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दीपक पौडेलले समाजको प्रचारका लागि भित्तेपात्रोले सघाउने बताए । समाजले आगामी दिनमा नयाँ अनुहारहरुलाई गोलबद्ध गर्दै लैजान आग्रह गरे । कोभिडको समयमा गरेको उद्वार लगायतका कार्यले समाजलाई सशक्त बनाएको उनले स्मरण गरे ।
समाजका अध्यक्ष प्रदीप पौडेलले विषम परिस्थितिका कारण तय भएका कार्यक्रमहरु नियमित गर्न नसकेको सुनाए । भित्रेपात्रो विमोचन गर्न सहयोग गर्ने विज्ञापनदाता लगायत सबैलाई धन्यवाद व्यक्त गरे ।
समाजका वरिष्ठ उपाध्यक्ष हिमालय बख्रेलले आर्थिक स्रोत जुटाउन पनि भित्तेपात्रो प्रकाशनले सहयोग पुर्याउने उल्लेख गर्दै नियमित कार्यक्रममा जुट्न सदस्यहरुलाई आग्रह गरे ।
समाजका निवर्तमान अध्यक्ष प्राडा दयाराम पोखरेलले समाज पुग्न नसकेको ठाउँमा पनि भित्तेपात्रो पुग्न सक्ने सुनाए । कतिपयले समाजको भित्तेपात्रो देखेर समाजका प्रतिनिधिलाई सम्पर्क गर्ने गरेको उल्लेख गरे । समग्र समाजको प्रतिनिधित्व भित्तेपात्रोले गर्ने उनको भनाई थियो ।
कार्यक्रममा समाजका सल्लाहकार डा सुदेश ज्ञवालीसहित सहभागीहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम संयोजक एवं भित्तेपात्रो प्रकाशसन उपसमिति संयोजक केशवराज पौडेलले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम महासचिव सुरेशराज सुवेदीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं…







