जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना हुदै


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७९ मा प्रकाशित




क्षेत्री समाज राष्ट्रिय महासङ्घले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिए ।

सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी र छलफलसमेत गर्ने कार्यक्रम रहेको उनले बताए ।

खस, क्षेत्रीको पहिचान, वेषभूषा, धर्म, संस्कृतिका बारेमा मुलुकका विभिन्न स्थानमा रहेका मौलिकताको खोज, अनुसन्धान गर्ने क्रममा नेपाली भाषा एवं खस क्षेत्रीको आदिभूमि जुम्लाको सिञ्जामा कार्यक्रम गर्न लागिएको महासङ्घले जनाएको छ ।

सम्मेलनमा प्रा डा सुरेन्द्र केसी, प्रा डा रामचन्द्र गौतम र वरिष्ठ पत्रकार प्रेम कैदीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।