पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । तिनाउ जिल्लाकै पहिलो कोरोना –१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए ।
उनले कोरोना–१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए ।
गाउँपालिकाले १२ वर्षभन्दा माथि उमेरका व्यक्तिको खोज र खोप अभियान सञ्चालन तथा घरपरिवार, विद्यालय सर्वेक्षणलगायत मापदण्ड पूरा गरेर जिल्ला खोप समन्वय समिति, खोप व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन प्रक्रिया पूरा गरेकाले उक्त गाउँपालिकालाई जिल्लाकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
गत फागुन १२ देखि घोषणा अभियानका लागि विभिन्न सूचक पूरा गरेकाले कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चत भएको पालिका बनाउन सफल भएको प्रमुख गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।
उक्त गाउँपालिका कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित हुुुने ७५३ स्थानीय तहमध्येमा पाँचौँ र गाउँपालिकामध्ये दोस्रो भएको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







