पोखरा ६ का अटेरी उम्मेद्वारको कार्ययोजना सार्वजनिक 


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा ६ का स्वतन्त्र(अटेरी) उम्मेद्वारी घोषणा गरेका प्रेम बहादुर केसीले वडा कार्यायोजना पत्र सार्वजनिक गरेका छन् । स्थानीय तहलाई दल रहित बनाउने मुख्य उद्घोष सहित सुरु भएको अटेरी उम्मेद्वारहरुले क्रमिक रुपमा आफ्ना कार्ययोजना सार्वजनिक गर्दै आई रहेका छन् । 

अटेरीका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेल र वडाध्यक्ष केसीले कार्ययोजना पत्र सार्वजनिक गरेका हुन् । कार्ययोजना सार्वजनिक गरेपछि केसीले वडाको विकासका लागि दत्तचित्त भएर लाग्ने बताए । राजनीतिक दल वडाको विकासभन्दा कार्यकर्ता पोस्न लागेकाले आफूले उम्मेद्वारी दिनुपरेको उनले बताए । 

अटेरीका परिकल्पनाकार पौडेलले देशलाई दुर्घटनाबाट बचाउन पनि यसपटक अटेर गर्न आवश्यक रहेको बताए । उनले योग्य र इमानदार उम्मेद्वार छनौट गरेर मात्र मत दिन सबैलाई आह्वान गरेका छन् । 

कार्यक्रममा बेनी नगरपालिकाबाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका निराजन थापाले परिवर्तनका लागि अहिले सही समय आएको धारणा राखेका थिए । 

शनिबार पोखरा १३ र २५ को कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम रहेको अटेरिका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।