राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट पोखराको मेयरमा युवा नेता गोविन्द गुरुङले उम्मेदवारी दिएका छन् । उनले अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । । मेयर पदमा उम्मेदवारी दिएका उनको प्रस्तावकमा आकाश खरेर र समर्थकमा दीलमाया मोक्तान रहेकाे राप्रपा नेपालका केन्द्रीय सदस्य सुर्य बाँस्तोलाले जानकारी दिए ।
मेयर पदमा उम्मेदवारी दर्ता गरेका गुरुङ पोखरा–१५ रामबजारबासी हुन् । उनी राप्रपा नेपालका कास्की जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय युवा मोर्चा, कास्कीका संयोजक छन् ।
त्यस्तै, राप्रपा नेपालबाट उपमेयरमा चिना दवाडीले उम्मेदवारी दर्ता गरेका छन् । पोखरा–६ निवासी उनको प्रस्तावकमा दिलमाया मोक्तान र समर्थकमा आकाश खरेल छन् ।
उपमेयरकी उम्मेदवार दवाडी पार्टीका जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीकी अध्यक्ष छिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







