पोखराको मेयरमा अटेरी उम्मेदवार गनेस पौडेलले दिए उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




पोखराको मेयरका लागि अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दर्ता गरेका छन् । स्थानिय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन् । उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन् ।

उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए ।

स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उनले बताए । ‘यसमा युवाहरुको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,’ उनले भने ।

त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए । हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरि सकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।