आईपीएल टि–२० क्रिकेट:आज पन्जाब र चेन्नई भिड्दै


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




गुगल फोटो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७ः४५ बजे सुरू हुनेछ । पन्जाब सोमबार चौंथो जितको खोजीमा रहेको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

चेन्नई ७ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा चेन्नई बलियो देखिएको छ । चेन्नईले ३ खेल जितेको छ भने पन्जाबले दुई खेल जितेको छ । यसै सिजनको पहिलो खेलमा पन्जाबले चेन्नईलाई हराएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।