नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




गोरखा । नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाइदिएका छन् । पालिका चुनावको टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनीहरुले कार्यालयको मूल गेटमा ताला लगाइदिएका हुन् ।

गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरुको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् । कांग्रेसको प्रदेश कार्यसमितिले पार्टीका तर्फबाट नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।

अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्क्षी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।