एमालेद्धारा बागलुङको १० वटै पालिकामा उम्मेदवार टुंगियो


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




बागलुङ । नेकपा (एमाले)ले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यसअघि नै उम्मेदवार टुंगाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमाले गण्डकी प्रदेशको निर्णयानुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरिएको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाएका छन् ।

जनकराज पौडेल यसअघि बागलुङको नगर प्रमुखसमेत थिए । यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाइजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ उपपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई टिकट दिएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै यस अघि नै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ ।

यसअघिनै बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लीला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।