पोखरा, बैशाख १२
पोखराको उपमेयरका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि आइतबार ४ र सोमबार ५ जनाले उम्मेदवारी दिएका हुन् । जसमा ८ वटा पार्टी र एक स्वतन्त्रको उम्मेदवारी छ ।
नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । उनले गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको समर्थनमा सोमबार उम्मेदवारी दिएकी हुन् । नेकपा एमालेबाट मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएकी छन् । अघिल्लो निर्वाचनबाट उपमेयर बनेकी उनले पदबाट राजिनामा दिएर पुनः सोमबार उपमेयरकै लागि उम्मेदवारी दिएकी हुन् ।
त्यस्तै, उपमेयरमा राप्रपाबाट रञ्जना सेन (रञ्जु), आमूल परिवर्तनशील पार्टीका पदबहादुर गुरुङ र नेकपा माओवादी समाजवादीका ईन्द्र सुनारले उम्मेदवारी दिएका छन् । यसअघि आइतबार सचेत नेपाली पार्टीका सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, सोममाया विक र राप्रपा नेपालबाट चिना दवाडीले उम्मेदवारी दिएका छन् । विक विप्लव नेतृत्वको नेकपाकी नेतृ हुन् । पार्टीकै प्रतिनिधित्व गरेर उम्मेदवारी दिएपनि उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







