पोखरा महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भानुभक्त अधिकारीले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबीच तालमेल नमिलेपछि एकल रुपमा चुनाव लड्ने उद्देश्यसहित अधिकारीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीका नेता, कार्यकर्तासहित पुगेका उनले दिउँसो नाम दर्ता गराएका थिए ।त्यस्तै, माओवादीबाट सो वडाको सदस्यका लागि रुद्र लुइटेल, धनबहादुर तामाङ, महिला सदस्यमा मीना कोइराला र दलित वडा सदस्यका लागि कल्पना दमाईले उम्मेदवारी दर्ता गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







