माछापुच्छ्रे ४ लाहाचोकमा २३ वर्षीय अधिकारी वडा अध्यक्षका उम्मेदवार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा एक २३ वर्षीय युवाले वडा अध्यक्षको टीकट पाएका छन् । नेकपा माओवादी केन्द्रबाट अहिले स्नातक पढ्दै गरेका चिरञ्जीवी अधिकारीलाई टिकट दिएको हो ।

अधिकारीले हिंजै निर्वाचन कार्यालयमा उमेदवारी दर्ता समेत गराइसकेका छन् । उमेदवारी दर्ता पछि अधिकारीले आफू नेपालकै कान्छो वडा अध्यक्षको उमेदवार भएको दाबी समेत गरेका छन् । कानूनका विद्यार्थी समेत रहेका अधिकारीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।