कविता घर्तीमगर , कास्की । आगामी बैशाख ३० गतेका लागि बागलुङको निसीखोला गाउँपालिकाबाट १ सय २१ जना उम्मेरद्धारको उम्मेद्धारी परेको छ ।
गाउँपालिका अध्यक्षका लागि ४ जना ,उपाध्यक्षका लागि ४ जनाको उम्मेद्धारी परेको छ भने गाउँपालिका अन्र्गत रहेका ७ वटा वडाध्यक्षको लागि ३१ जना,खुल्ला सदस्यबाट ४५ जना,महिला सदस्यका लागि १९ जना र दलित सदस्यको लागि १८ जना गरि १ सय २१ जनाको उम्मेद्धारी परेको निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वर शाक्यले जनकारी दिएका छन् ।
७ वटा वडा रहेको निसीखोला गाउँपालिकाबाट पालिका प्रमुखसहित विभिन्न वडाध्यक्ष तथा सदस्यका लागि मनोनयन दर्ता गराएकाहरु मध्ये कुनै नयाँ अनुहार छन् भने कुनै वडामा पुरानै नेतृत्व दोहोरिएको छन् ।
यस पटकको स्थानिय तह निर्वाचनबाट गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्तीमगर, एमालेबाट भूमिराज घर्तीमगर ,राप्रपाबाट कृष्ण मल्ल र स्वतन्त्रबाट अन्चल शाही गरि ४ जनाको उम्मेद्धारी परेको छ ।
उपप्रमुखमा पनि ४ जना कै उम्मेद्धार परेको छ ,जसमा गठबन्धनबाट माओवादी केन्द्रका प्रेम घर्तीमगर, एमालेबाट भुटु चन्द,राप्रपाबाट शान्ता चन्द र स्वतन्त्रबाट जुनविक्राम शाही रहेका छन् ।
७ वटा वडा रहेको गाउँपालिका अन्तर्गत वडा नं. १ मा वडाध्यक्ष पदमा उम्मेद्धार परेको छ,जसमा गठबन्धनबाट दिपु कुवँर,एमालेबाट यम बहादुर घर्तीमगर,राप्रपाबाट मान बहादुर सिं ठकुरी,बाकी स्वतन्त्रबाट उठेका छन् ।
२ नं. वडाध्यक्षको लागि उम्मेद्धारी मध्ये गठबन्धनबाट नेकपा माओवादीका कुविर विक,एमालेबाट भिम बहादुर कुवँर,बाँकी स्वतन्त्रबाट उठेका छन् ।
३ नं वडाध्यक्षका लागि उम्मेद्धारी परेका मध्ये गठबन्धनबाट रमेश विक्रम शाही,एमालेबाट दिपक बहादुर चन्द राप्रपाबाट रामचन्द्र सेन र बाकी स्वतन्त्रबाट उठेका छन् ।
४ नं. वडाध्यक्षका लागि गठबन्धनको तर्फबाट कांग्रेसका टिकानीधि पौड्याल ,एमालेबाट लोकेश्वर पौड्याल, राप्रपाबाट भक्त बहादुर क्षेत्रीको उम्मेद्धारी परेको छ ।
५ नं. वडाध्यक्षका लागि उम्मेद्धार मध्ये गठबन्धनको तर्फबाट कांग्रेसका हर्कमन घर्तीमगर,एमालेबाट रविन मगर,राप्रपाबाट देवकी केसि र मिलन घर्तीमगर स्वतन्त्रबाट रहेका छन् ।
६ नं. वडाध्यक्षका लागि २ जना मध्ये गठबन्धनको तर्फबाट कांग्रेसका सुर्यमान बुढामगर,एमालेबाट कुम बहादुर बुढामगरको उम्मेद्धार परेको छ ।
यता ७ नं. वडाध्यक्षको लागि उम्मेद्धारी परेका मध्ये गठबन्धनबाट दिपक कुवँर,एमालेबाट चुरा बहादुर रानामगर,राप्रपाबाट बालाराम गुरुङ लगाएत बाँकी स्वतन्त्रबाट उठेका छन् ।
गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओबादी र राष्ट्रिय जनमोर्चा विच गठबन्धन भएको छ भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावमा एक्लाएक्लै होमिएका छन् । विभिन्न पदमा मनोनित भएका उम्मेद्धारहरु मध्ये वडा नं. ५ र ४ को वडाध्यक्ष दोहोरिएका छन् ।
उक्त दलहरुले आउदो निर्वाचनमा मत आफ्नो पोल्टामा पार्नको लागि आआफ्नो एजेण्डा लिएर गाउँगाउँमा चुनावी कार्यक्रमहरु तिव्र बनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







