पोखरा–१ को वडाध्यक्षमा चार पार्टीबीच भिडन्त


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




पोखरा । स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–१ मा चार पार्टीबीच भिडन्त हुने भएको छ । सो वडामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाबीच चुनावी भिडन्त हुने भएको हो ।

पोखरा–१ मा एमालेकी सहारा प्रधान, कांग्रेसकी सीता गुरुङ र माओवादी केन्द्रका भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङले वडाध्यक्षका लागि उम्मेदवारी दिएकाले उनीहरुबीच चुनावी भिडन्त पक्का भएको हो । यद्वपी सो वडामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनसक्ने सम्भावना बाँकी रहेको बताइएको छ ।

त्यस्तै, खुल्ला दुई सदस्यका लागि एमालेका जुमकाजी गुरुङ र ठाकुरप्रसाद वाग्ले, कांग्रेसका रामजीप्रसाद पौडेल र मेघबहादुर गुरुङ, माओवादी केन्द्रका रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ, एकीकृत समाजवादीका लक्ष्मणप्रसाद चापागाईं र ऋषिराम पौडेल तथा राप्रपाका सन्तकुमारी राई र दलबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी शोभा गुरुङ, कांग्रेसकी पार्वती खनाल पोख्रेल, माओवादी केन्द्रकी मीना कोइराला र राप्रपाकी नानुमाया तामाङले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी जुकमाया दमाई, कांग्रेसकी सुनिता कुँवर नेपाली, माओवादी केन्द्रकी कल्पना दमाई र जसपाकी संगीता परियारले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।