पोखरा – २ को वडाध्यक्षमा एक महिला सहित ५ जनाको उम्मेद्वारी


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरा । स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–१ मा पाँच पार्टीबीच भिडन्त हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–२ को वडाध्यक्षमा ५ पार्टीका एक महिलासहित ५ जनाले उम्मेदवारी दिएका हुन् । पोखरा वडा नम्बर–२ मा एमालेका दीपक शाह, कांग्रेसका दिवसमान प्रधानाङ्ग, माओवादी केन्द्रका अञ्जु विश्वकर्मा, जसपाका जीवन खाती र राप्रपाका अरुण विक्रम राणले उम्मेदवारी दिएका छन् ।

पोखरा वडा नम्बर–२ को दुई खुल्ला सदस्यहरुमा एमालेका जनार्दन सुवेदी र मंगल साई, कांग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले, माओवादी केन्द्रका खगेन्द्रराज पराजुली र सुनिता पराजुली तथा राप्रपाका वसन्तदेव नापित र बिनु कुँवरले उम्मेदवारी दिएका छन् ।

यसैगरी महिला सदस्यमा एमालेकी उर्मिला पराजुली, कांग्रेसकी गोमा सुबेदी, माओवादी केन्द्रकी बत्तिसरा सुनार, नेकपा एसकी विष्णुमाया अधिकारी राणा र राप्रपाकी अम्बिका राणले उम्मेदवारी दिएका छन् ।

दलित महिला सदस्यमा एमालेकी हरिमाया परियार, कांग्रेसकी सुनिता विश्वकर्मा, माओवादी केन्द्रकी बसन्ती विश्वकर्मा र राप्रपाकी डिलु विकले उम्मेदवारी दर्ता गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।