कास्कीको अन्नपूर्ण–२ को वडाध्यक्षमा ७ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को वडाध्यक्षमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमध्ये नेकपा एमालेको तर्फबाट चुडामणि अधिकारी, नेपाली काँग्रेसबाट पिताम्बर भण्डारी, नेकपा माओवादी (केन्द्र) बाट वेदप्रसाद शर्मा, जनता समाजवादी पार्टी नेपालबाट महादेव भण्डारी, नेकपा (समाजवादी, एकीकृत) बाट जगननाथ अधिकारी, राप्रपाबाट पुष्पराज भण्डारी र स्वतन्त्रबाट खगराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, खुल्ला सदस्यका लागि १०, महिला सदस्यका लागि ४ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

खुल्ला सदस्यका लागि नेकपा एमालेको तर्फबाट कृष्णप्रसाद भण्डारी र देवराज भण्डारी, नेपाली काँग्रेसबाट भानुभक्त दाहाल र डिल्लीराम भण्डारी, नेकपा माओवादी (केन्द्र) बाट टेकप्रसाद अधिकारी र दुर्गादत्त दाहाल, नेकपा (एकीकृत, समाजवादी) बाट कृष्ण अधिकारी र महेश्वर भण्डारी, राप्रपाबाट डिल्लीबहादुर कार्की र द्रोणराज भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।

महिला सदस्यका लागि नेकपा एमालेबाट पार्वती अधिकारी, नेपाली काँग्रेसबाट माया अधिकारी, नेकपा माओवादी (केन्द्र) बाट हरिमाया अधिकारी र राप्रपाबाट तुलसी भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यसैगरि, दलित महिला सदस्यका लागि नेकपा एमालेबाट बिबा सुनार, नेपाली काँग्रेसबाट नौली सुनार र नेकपा माओवादी (केन्द्र) बाट यमकुमारी नेपालीले उम्मेदवारी दर्ता गराएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।