कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ को वडाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये नेकपा एमालेका कृष्णबहादुर केसी, नेपाली काँग्रेसका आइनबहादुर गुरुङ, नेकपा माओवादी (केन्द्र) का मानबहादुर खत्री क्षत्री र राप्रपाका बिमलबहादुर केसीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, खुल्ला सदस्यका लागि ७, महिला सदस्यका लागि ४ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेका बीरबहादुर गुरुङ र मनबहादुर गुरुङ, नेपाली काँग्रेसका बुद्धिसागर पौडेल र बिजय गुरुङ, नेकपा माओवादी (केन्द्र) का बिष्णुबहादुर खत्री क्षत्री र लालबहादुर क्षत्री तथा नेकपा (एकीकृत, समाजवादी) का चन्द्रप्रसाद गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, महिला सदस्यका लागि नेकपा एमालेकी केशवी क्षत्री, नेपाली काँग्रेसकी पशुपती क्षत्री, नेकपा माओवादी (केन्द्र) की कोपिला क्षत्री र राप्रपाकी शुवदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, दलित महिला सदस्यका लागि नेकपा एमालेकी फूलमाया बि.क., नेपाली काँग्रेसकी लक्ष्मी बि.क. र नेकपा माओवादी (केन्द्र) की धनदेवी परियारले उम्मेदवारी दर्ता गराएकी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







