कास्कीको अन्नपूर्ण गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये, नेकपा एमालेका दुर्गादत्त ढुंगाना, नेपाली काँग्रेसका जीवनाथ पौडेल र नेकपा माओवादी (केन्द्र) का कुल गिरीले उम्मेदवारी दर्ता गराएका हुन्।
सो वडाको खुल्ला सदस्य पदका लागि ८, महिला सदस्यका लागि ३ र दलित महिला सदस्यकका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्य पदका लागि एमालेका सुजिन्द्र बि.क. र राम गिरी, नेपाली काँग्रेसका रामबहादुर बि.क. र रामबहादुर कामी, नेकपा माओवादी (केन्द्र) का हर्कलाल कामी र पृथुलाल पौडेल तथा नेकपा (एकीकृत, समाजवादी) का तुलसी गिरी र बिष्णुकुमारी आचार्यले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महिला सदस्यका लागि नेकपा एमालेकी कमला जैसी, नेपाली काँग्रेसकी सुमित्राकुमारी थापा र नेकपा माओवादी (केन्द्र) की देउकुमारी सार्कीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, दलित महिला सदस्य पदका लागि नेकपा एमालेकी सावित्री नेपाली, नेपाली काँग्रेसकी बालिका सार्की र नेकपा माओवादी (केन्द्र) की बिमला नेपालीले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







