बाइस जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




सांकेतिक तस्विर

काठमाण्डौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म छपाई भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भई वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ । आज सुदूरपश्चिम प्रदेशका कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ ।

बैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।