पोखरा १४ को वडाध्यक्षका लागि १० जना प्रतिस्पर्धामा


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१४ को वडाध्यक्षमा ७ पार्टी र ३ स्वतन्त्र गरेर १० जनाले उम्मेदवारी दिएका छन् ।

जसमा एमालेका डेलबहादुर गुरुङ, कांग्रेसका बोधबहादुर कार्की, माओवादी केन्द्रका फडिन्द्रमान विक कामी, जसपाका कर्णबहादुर गुरुङ, राप्रपाका कृष्णबहादुर कुँवर, मंगोल नेसनल अर्गनाइजेसनका एलेक्स गुरुङ, नेकपा माओवादी समाजवादीकी सीतादेवी क्षेत्री तथा स्वतन्त्र रुपमा आइतसिंह गुरुङ, विकास थापा र सुजन कार्कीले उम्मेदवारी दिएका छन् ।

दुइ खुल्ला सदस्यमा एमालेका मानबहादुर घर्ती र गोपालप्रसाद सापकोटा, कांग्रेसका कृष्णहरी काफ्ले र नेत्रबहादुर तिमिल्सिेना, माओवादी केन्द्रका थमनबहादुर गुरुङ र शिवराज कँडेल, नेकपा एसका लालबहादुर विक, राप्रपाका श्यामबहादुर सिके र मोहनबहादुर कार्की तथा जनमोर्चाका पदमबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी सरिता बास्तोला, कांग्रेसकी दिलमाया गुरुङ, माओवादी केन्द्रकी दुर्गा पोखरेल, नेकपा एसकी पार्वती थापा मगर, राप्रपाकी सीमा शाही र मंगोल नेसनल अर्गनाइजेसनकी योगिता गुरुङले उम्मेदवारी दिएकी छन् ।

एक दलित महिला सदस्यमा एमालेकी सिर्जनाकुमारी पोखरेल, कांग्रेसकी तनुजा सार्की (थापा), माओवादी केन्द्रकी मसिना बसेल विक, नेकपा एसकी देवी विश्वकर्मा र राप्रपाकी शान्ति परियारले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।