कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१५ को वडाध्यक्षमा ५ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिनेमा एमालेका तोरणबहादुर बानिया, कांग्रेसका मीनबहादुर गिरी, माओवादी केन्द्रका भक्तबहादुर खत्री, राप्रपाका चित्रबहादुर भण्डारी र जनमोर्चाका पर्सबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
दुई महिला सदस्यका लागि एमालेका आशिष भण्डारी र बलराम पौडेल, कांग्रेका केमबहादुर गुरुङ र सुशीलराज पराजुली, माओवादी केन्द्रका गौतम थापा र महेश बानिया, नेकपा एसका नरेश थापा र बेनबहादुर गुरुङ, राप्रपाका ख्यामनारायण लामिछाने र सम्झना भण्डारी तथा जनमोर्चाका हरिबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यमा एमालेकी सेतीमाया गुरुङ, कांग्रेसका गीता भण्डारी, माओवादी केन्द्रकी चिजा गुरुङ, नेकपा एसकी माया शर्मा, राप्रपाकी देबी गुरुङ र जनमोर्चाकी दालकुमारी खत्रीले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी मन्दिरा परियार, कांग्रेसकी कमला विक, माओवादी केन्द्रकी लक्ष्मी परियार, राप्रपाकी गंगा सुनार र जनमोर्चाकी देवकला सुनारले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







