कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१८ को वडाध्यक्षमा ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षको उम्मेदवारी दिनेमा एमालेका पुस्कलबहादुर थापा, कांग्रेसका शिवप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिना, राप्रपाका महेन्द्रगोपाल थापा र स्वतन्त्र तर्फ पुर्ना खड्का विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यमा एमालेका रमेशबहादुर थापा र नमराज सुवेदी, कांग्रेसका बुद्धि पुन र कृष्णबहादुर थापा, माओवादी केन्द्रका उमनाथ तिमिल्सिना र हुमबीर पुन, नेकपा एसका चिन्तामणी तिमिल्सिना, राप्रपाका बलबहादुर खड्का र जनमोर्चाका अजित मियाले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी कल्पना ढकाल क्षेत्री, कांग्रेसकी समुन्द्र थापा, माओवादी केन्द्रकी दुर्गा तिमिल्सिना अधिकारी र राप्रपाकी शान्ती भट्टराई सुबेदीले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यमा एमालेकी मीनाकुमारी नेपाली, कांग्रेसकी सुविता गुरुङ र माओवादी केन्द्रकी सहारा नेपालीले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







